दोधारा चाँदनीमा राहत वितरण सुरु

दोधारा, ११ बैशाख । माहाकाली नगरपालिकाले राहत वितरण सुरु गरेको छ ।

माहाकाली नगरपालिकाले बुधबार वाड नं ३ र ९ मा विपन्न तथा ज्याला मजुरी गर्ने परिवारलाई राहत वितरण गरेका छन् । माहाकाली नगरपालिकाको वडा नं. ३ मा २ सय ७६ र वडा नं. ९ मा १ सय ३३ परिवारलाई राहत वितरण गरिएको माहाकाली नगरपालिका कार्यालयले जानकारी दिएको छ ।

प्रति परिवारलाई १५ किलो चामल २ केजी दाल, १ केजी नुन, १ केजी तेल बितरण भएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले बताए ।

घर–घर मा महिला स्वयम् सेविकालाई खटिएर तथ्यांक संकलन गरेर बिपद्को घडीमा अति बिपन्न परीवार तथा ज्याला मजुरी गर्ने परिवारलाई रहत वितरण गरिएको उनले बताए ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले प्रति वडामा विपन्न दलित वर्गका लागि राहत प्याकेज बनाएर सम्बन्धीत वडामा पठाएको बताएका छन् ।

कोरानो भाइरसको कारण विश्व अक्रान्त भए संगै फैलिएको कोभिड–१९ नोभेल कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी माहाकाली नगरपालिकाले रु. १ करोडको विपद व्यवस्थापन कोष निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन् ।

उनका अनुसार पहिलो चरणको राहत प्याकेज १० वडाका लागि सम्बन्धीत वडा कार्यालयमा पठाएको र अपुग भए पुनस् दोस्रो चरणको राहत प्याकेज छिट्टै ल्याउने योजना रहेको बताए ।

माहाकाली नगरपालिकाले कोभिड–१९ नोभेल कोरोना भाईरस रोकथामका लागि सीमा क्षेत्रमा ४ स्थानमा अस्थायी सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरि सिमा क्षेत्रको निगरानी कडा पारिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here