वडा सचिव पन्थी कार्यालयमै मृत भेटिए

काठमाडौं, ११ बैशाख । दाङमा एक वडा सचिव मृत भेटिएका छन्।

पश्चिम दाङको बबई गाउँपालिका-१ गंगटेका वडा सचिव हरिप्रसाद पन्थी मृत भेटिएका हुन्। पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

वडा कार्यालयमै बस्दै आएका पन्थी बिहीबार बिहान ८ बजेतिर झुन्डिएको भनिए पनि प्रहरीले दुई घन्टापछि जानकारी पाएको थियो।

अन्दाजी २६ वर्षीय पन्थी कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा हुन्।

उनले दुई महिनाअघि मात्रै वडा सचिवमा नाम निकालेको बताइएको छ। सचिवमा नाम निकालेपछि पन्थी गंगटेमा पोस्टिङ भएका थिए। उनि अविवाहित हुन् । मृत्युको कारण भने खुल्न सकेको छैन् । मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने स्थानियबासी रेशम पन्थीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here