चर्चित रियालिटी शो बिग बोस अब नेपालमा

काठमाडौं, ४ बैशाख । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित रियालिटी शो बिग ब्रदरको फ्रेन्चाइज बिग बोस अब नेपालमा पनि सञ्चालन हुने भएको छ ।

बिग बोस आइम्याक्स प्रोडक्सनले नेपालमा ल्याएको हो । प्रोडक्सनले यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभी रियालिटी शो हुने दाबी गरेको छ ।

आइमेक्स पोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा बिग बोस सञ्चालन हुने छ । आइम्याक्स प्रोडक्सनले कानूनी रुपमा बिगब्रदर नेदरल्याण्डको फ्रेन्चाइजी औपचारिक रुपमा ल्याएको हो ।

प्रोडक्सनका अनुसार एक नेपाली टेलिभिजन च्यानलबाट चाडै शो सञ्चालन गरिने छ । यस कार्यक्रमको उद्वेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको पनि कम्पनीले बताएको छ ।

बिग ब्रदर यसअघि विभिन्न ५४ देशमा सफलता पुर्वक संचालित भएको र अब नेपाल ५५ औं देश बनेको सिन आइम्याक्सले जानकारी दिएको छ । देशअनुसार फरक फरक भाषामा सञ्चलित यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रशारण भने कार्यक्रम बिग ब्रदर कै संरचनाअनुसार हुनेछ ।

कार्यक्रमको सञ्चालन नेपालका एक लोकप्रिय कलाकारले गर्नेछन् । बिग बोस भित्र रहने सहभागीहरुले १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जनाई बिग बाेसको ट्रफी जित्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here