कार्यालयमै मृत भेटिएका वडा सचिवको सुसाइड नोट फेला

काठमाडौं, १२ बैशाख । बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रसाद पन्थीले आत्महत्या गर्नु अगाडि लेखेको सुसाइड नोट फेला परेको छ।

कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएका पन्थीले आत्महत्या गर्नु पूर्व लेखेको सुसाइड नोटमा आफूलाई जिब्रोको क्यान्सरले दुःख दिएको र त्यसको पीडा सहन नसकेर आत्महत्या गरेको उल्लेख गरेका प्रहरीले जनाएको छ ।

यसमा कसैको दोष छैन, म जिब्रोको पीडा सहन नसकेर यो अवस्थामा पुगेको हुँ, भन्ने कुरा पन्थीले सुसाइड नोटमा लेखेको पाइएको छ।

अन्दाजी २६ वर्षीय पन्थी कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा हुन्।

उनले दुई महिनाअघि मात्रै वडा सचिवमा नाम निकालेको बताइएको छ। सचिवमा नाम निकालेपछि पन्थी गंगटेमा पोस्टिङ भएका थिए। उनि अविवाहित हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here