पोखरा विमानस्थलको धावनमार्ग निर्माण सकियो

काठमाडौं, ४ बैशाख । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ । २ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडा सो धावनमार्गको निर्माण तीन महिनामै सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

रु. २१ अर्ब लागतमा सन् २०२१ जुलाईमा सम्पन्न हुने लक्ष्यसहित निर्माण भइरहेको पोखरा विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न हो ।

यो विमानस्थल निर्धारित समयभन्दा अगाडी नै सम्पन्न हुने अवस्था रहेको प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् ।

धावनमार्ग निर्माण सम्पन्न भएसँगै बुधबार प्राधिकरणका महानिर्देशक संजीव गौतम लगायत टोलीले पोखरा विमानस्थलको स्थलगत अधययन समेत गरेको छ ।

यसैगरी अर्को राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग १५ दिनमा निर्माण भइसक्ने अधिकारीले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here