दोधारा चाँदनीको बादी बस्तीमा राहत वितरण

पप्पु गुरुङ्ग, दोधारा, १३ बैशाख । माहाकाली नगरपालिकाले वडा न. ६ को बादी बस्तीमा राहत वितरण गरेको छ । राहत स्वरुप चामल, दाल, नुन, तेल वितरण गरेको हो ।

सरकारले लकडाउन गरेपछि घरमा चुल्हा जलाउन समस्या पर्दै आएको बेला आफ्नो स्थानिय सरकारले राहत सामग्री बितरण गरेपछि माहाकाली नगरपालिकाको अतिबिपन्न बस्ती भनिएको बादी घरपरिवारमा खुशी छाएको थियो ।

राहत लिन भानु उच्च माध्यमिक बिद्यालय पुगेका बिनो बादी लगाएत बादी बस्तीका घरपरिवार खुशीले गदगद भएका छन् ।

बिनोद बादी भन्छन्– ‘हाम्रो माहाकाली नगरपालिकाको सरकार हाम्रो पिडाको बेला ठुलो, सहयोग ग¥यो ।’ उनि जस्तै माहाकाली नगरपालिकामा बसोबास गर्ने झण्डै २ हजार घरपरिवारले माहाकाली नगरपालिकाबाट बितरण गरिएको १५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल पाएर मख्ख भएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले माहाकाली नगरपालिकामा लकडाउनको कारण खानपानमा समस्यामा परेका २ हजार घरपरिवारलाई खाद्यान्न बितरण गरिएको बताएका छन् ।

माहाकाली नगरपालिकाले वडा तथा टोलमा बितरण गर्दै गरेको खाद्यान्न सामग्रीको चेक जाँच तथा पारदर्शी तवरले बितरण भए नभएको अनुगमन गर्दै आएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार खाद्यान्न बितरण कार्यक्रममा आफै उपस्थिती भई खाद्यान्नको चेक जाँच तथा स्थानियहरुलाई भेट गरि राहत बितरणको प्रभावकारीको बारेमा बुझ्दै आएका छन् ।

नगर प्रमुख सुनारले लकडाउनको बेला घरमा खानपानको समस्या पर्दै आएको अतिबिपन्न तथा ज्याला मजुरी गर्दै आएका स्थानियहरुलाई खाद्यन्य बितरण गरिएको बताएका छन् ।

यस अघि माहाकाली नगरपालिकाले नगरवासीलाई साबुन, मास्क, सेनिटाइजर वितरण गरेको थियो । खाद्यान्न सामग्री पाएपछि लकडाउनबाट मारमा परेका गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुर परिवारहरु खुशी भएका छन् ।

राहत वितरणमा नगर प्रमुख बिर बहादुर सुनार, वडा प्रतिनिधी, सुरक्षाकर्मीहरुको समेत उपस्थिति रहेको थियो । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सबै नागरिकको स्वास्थ्य र जिवनरक्षाका लागि नगर सदैव संवेदनशील रहेकोले समस्याको समाधानमा आफूहरु प्रतिबद्ध रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here