र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकी क्यानसर पीडित महिलाको मृत्यु

काठमाडौं, १४ बैशाख । वीरगञ्जमा आरडीटी परीक्षण पोजेटिभ देखिएकी एकजना महिलाको मृत्यु भएको छ ।

उपचारको क्रममा शनिवार राति मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका कि महिलाको आरडीटी पोजेटिभ देखिएको हो ।

उनमा कोरोना संक्रमणको आशंका गरी स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । उनको शव भने नारायणी उपक्षेत्रीय अस्पतालमा नै राखिएको छ ।

ति महिला लामो समयदेखि क्यान्सरबाट पीडित रहेको बताइएको छ ।

महिलाको मृत्यु भएपछि वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिका क्षेत्रलाई अहिले सिल गरिएको छ । साथै सो क्षेत्रमा मानिसको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here