नबिल बैंकको ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा

काठमाडौं, १५ बैशाख । नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ’ सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्ना व्यावसायिक ग्राहकलाई विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सेवा ल्याएको बैंकले जनाएको छ ।

ई@नबिल एसएमई, मिड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ सेवा हो । ई@नबिलमार्फत बैंकका ग्राहकले नबिल बैंकमा खाता भएका आफ्ना ग्राहकहरुलाई स्वयं नै रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

यस्तै देशका अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथै बैंक शाखामा नआई आफ्नै कार्यालयबाट थोक भुक्तानीहरूसमेत गर्न सक्ने बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ई@नबिल व्यावसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली रहेको भन्दै यस प्रणालीमार्फत ग्राहकले सजिलै छोटो समयमा स्वयं नै रकमान्तरण गर्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here