जति कमाए पनि पैसा बच्दैन ? किनमेल गर्दा यी ५ कुरामा ध्यान दिनुहोस्

पैसा कमाउन निकै कठिन छ अझै पैसा जोगाउन झनै कठिन छ । त्यसैले हामीले पैसा खर्च गर्ने बेलामा निकै ध्यान दिनुपर्छ ।

महंगीको यो जमानामा थोरै कमाई हुने परिवारको लागि दिनरात मेहनत गर्दा पनि घरपरिवार चलाउन धेरै गाह्रो हुन्छ ।

अझै दुख गरेर कमाएको पैसा यत्तिकै अनावश्यक ठाँउमा वा अनावश्यक सामानमा पनि खर्च भइरहेको हुन्छ । यस्तो अवस्थामा हामीले पैसा खर्च गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।

आर्थिक रुपले सम्पन्न परिवारमा त त्यतिधेरै समस्याहरु पदैन तर, मध्यम वर्गीय परिवारको लागि कुनैपनि सामान किन्नुभन्दा पहिले धेरै पटक सोच्ने गर्नुपर्छ ।

आफ्नो दैनिक जीवनको आवश्यकताहरु पुरा गर्दै घरको खर्च पनि सम्हाल्नु पर्ने चुनौती मध्यम वर्गीय परिवारका सदस्यहरुमा हुने गर्छ । कुनै एक महङ्गो सामान किन्दा पुरा महिनाभरी नै घरको खर्चमा प्रभाव पर्न सक्छ ।

कुनै ठूलो वा महंगो सामग्री किन्नु पनि परेको छ, साथै त्यस्तो सामग्रीहरुको खरिद गरेपछि भविष्यमा पछुतो मान्न नपरोस भन्नु हुन्छ भने कुनै निम्न कुरामा ध्यान दिनुहोस्ः

१. के यो सामानको मुल्य मेरो बजेटमा छ ?

कहिलेकाँही हामी लोभमा परेर वा कसैको लहैलहैमा लागेर आफ्नो स्तर वा क्षमता भन्दा माथिको सामग्रीहरु किन्ने गर्दछौं । यसो गर्दा हामीलाई उक्त खरिदको कारण पुरा महिनाभरी नै तपाईले आफ्नो साना साना जरुरतका सामग्रीहरुको त्याग गर्नुपर्दछ ।

त्यसकारण यस्ता महङ्गा सामाग्रीहरु खरिद गर्नुभन्दा पहिले राम्रोसँग योजना बनाउनुहोस त्यसपछि मात्र आफ्नो बजेटमा आउँछ भने सामान किन्नुस नभए २/३ महिनाको पैसा जम्मा गरेर त्यस्ता महङ्गा सामग्रीहरुको खरिद गर्नुहोस् ।

२. के यो चीजकाे भविष्यमा आवश्यकता पर्छ ?

धेरै पैसा तिरेर किनेको सामग्री एक समयको प्रयोजनको लागि मात्र नहोस भन्ने कुरामा ध्यान दिनुहोस् । जीवनमा धेरै पटक प्रयोगमा आउँछ भने मात्र यस्तो सामग्रीहरुको खरिद गर्नुहोस् ।

एक दुई पटकको लागि मात्र आवश्यक परेको हो भने त साथिभाईसँग मागेर प्रयोजनमा ल्याउन पनि सकिन्छ ।

३. के यो सामान टिकाउ छ ?

कुनै पनि सामग्रीहरुको खरीद गर्ने क्रममा त्यसको गुणस्तरमा ध्यान दिन अत्यन्त जरुरी हुन्छ । सामानको गुणस्तर पत्ता लगाउनु पनि एक कला हो । धेरैजसो मानिसहरु धेरै पैसा खर्च गरेर पनि गुणस्तर सामग्रीहरुको खरिद गर्न नसकी ठगीमा परिरहेका हुन्छन् ।

त्यसकारण यस्ता धेरै मुल्यका सामग्रीहरु खरीद गर्ने समयमा सम्भव भएसम्म त्यस सामग्रीको बारेमा सम्पुर्ण जानकारी भएको व्यक्तिको सल्लाह लिनुपर्दछ त्यस्तो कार्य सम्भव नभएमा त्यस्तो सामग्री खरिद गर्ने समयमा होसियारी अपनाउन पर्छ ।

४. के यो मुल्य सामानको वास्तविक मुल्य हो ?

कुनै समयमा त यस्तो हुन्छ कि तपाईं कुनै पनि सामग्री महंगोमा किनेर ल्याउनुहुन्छ तर, त्यहि सामग्री अन्य कुनै पसल वा वेवसाईटहरुमा कम मुल्यमा बिक्री भईरहेको हुन्छ ।

विभिन्न प्रकारको अफर वा छुटको कारण कुनै समयमा त मुल्यमा धेरै फरक परिरहेको हुन्छ । त्यसकारण त्यस्ता ठुला र महंगा सामग्रीहरु खरीद गर्नुभन्दा पहिले त्यस सामग्रीको मुल्यमा ध्यान दिनुपर्छ । साथै त्यस सामग्रीहरुमा हाल चलिरहेको छुट र अफरहरुको बारेमा जानकार हुनुपर्छ ।

५. यो सामानको वारेन्टी/ग्यारेन्टी के कस्तो छ ?

सामान छिटो घर लाने चक्करमा कहिलेकाहि त्यस सामग्रीहरुको वारेन्टी ग्यारेन्टीको कार्ड लिन बिर्सने हुनसक्छ ।

त्यसकारण वारेन्टी दिएको समयभरीमा सामग्रीलाई सित्तैमा मर्मत गर्न सकिने हुनाले वारेन्टी ग्यारेन्टीको बारेमा सोध्ने र वारेन्टी ग्यारेन्टी कार्ड लिने गर्नुपर्छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here