‘महामारीको बेवास्ता गर्दा यो अवस्था आयो,अन्त्य अझै निकै टाढा छ -‘ डब्ल्यूएचओ

काठमाडौं, १६ बैशाख । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले संक्रमित देशहरुले कोरोना भाइरस संक्रमण रोकथाममा लापरबाही गर्दा यस्तो अवस्था आएको जनाएको छ ।

‘डब्लूएचओ’का महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमण सुरु भएदेखि नै दिएको चेतावनीलाई विश्वभरका देशले बेवास्ता गर्दा अहिलेको अवस्था आएको बताएका हुन् ।

उनले कोरोना भाइरस महामारीको अन्त्यबाट अझै निकै टाढा रहेको बताएका छन्। केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोमा चासो व्यक्त गरेको छ।

हाम्रो अघि निकै लामो बाटो छ र थुप्रै काम गर्न बाँकी नै छ, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले सोमबार जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा भने।

डब्लुएचओले चेतावनी दिने समयमा चीन बाहिर जम्मा ८२ वटा मात्र सङ्क्रमण भेटिएका थिए र कसैको पनि मृत्यु भएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले कोरोना भाइरसलाई लिएर लापरबाही गरेको र भाइरस फैलिएको कुरालाई लुकाएको आरोप लगाउदै आएका छन ।

सोही कारण देखाउदै उनले विश्व स्वास्थ्य सङ्गठनले पाउने अमेरिकी आर्थिक सहायता समेत रोकेका छन् । टेड्रोसले सम्मेलनमा कोरोना भाइरस महामारीको प्रभाव बालबालिकाको खोप कार्यक्रममा परेको समस्या प्रति चिन्ता व्यक्त गरेका छन्।

बालबालिकाहरुलाई कोरोना भाइरसको संक्रमणबाट कम जोखिममा हुन सक्छन् तर खोपहरू मार्फत रोक्न सकिने अन्य रोगहरूको उच्च जोखिममा छन्, टेड्रोसले भने।

उनले संसारभर पोलियो, दादुरा, हैजा, पहेंलो ज्वरो र मेनिन्जाइटिस जस्ता रोगहरू विरुद्ध नियमित खोपमा विलम्बले करिब १३ मिलियन जनसंख्या प्रभावित भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here