कोरोना विरुद्ध लड्न नेपाललाई ईयूले ९ अर्ब ८० करोड सहायता दिने

काठमाडौं, १६ बैशाख । युरोपेली युनियन (ईयू) ले नेपाललाई कोरोना भाइरससँग लड्नका लागि सहयोग दिने भएको छ ।

कोरोना भाइरस प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो। उक्त रकम ९ अर्ब ८० करोड रुपैयाँ(७ करोड ५० लाख युरो) रहेको छ ।

ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो। यो रकम सरकारले नै खर्च गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here