नेपाली गहनाको फेशन शो

काठमाडौं, ५ बैशाख । अगामी जेठ ५ गते नेपाली परम्परागत गहना तथा रत्न आभुषणको फेशन शो आयोजना गरिने भएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भुगर्भ विभागले नेपाली रत्नपत्थर तथा गहनाको प्रवद्र्धनका लागि फेशन शो आयोजना गर्न लागेका हुन् ।

यी दुई संस्थाले संयुक्तरुपमा आयोजना गर्न लागेको नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पोका अवसरमा शोको आयोजना गरिने महासंघका अध्यक्ष रमेश महर्जनले बताए ।

स्वदेशी तथा विदेशी गरी ७० भन्दा बढी कम्पनी सहभागी हुने सो प्रदर्शनीका अवसरमा आयोजना गरिने फेशन शोेले नेपाली रत्नपत्थर तथा गहनाको नेपाली र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न र निर्यात बढाउन सहयोग पुग्ने बताइएको छ ।

तीन दिने प्रदर्शनी खानी तथा भुगर्भ विभाको परिसर लैनचौरमा आयोजना हुँदैछ । ‘यो गैरनाफामूलक कार्यक्रम हो । हामीले नेपाली उत्पादनको प्रचारप्रसारका लागि यसको आयोजना गरेका हौं । त्यसैले यसमा सहभागिताका लागि न्यून शुल्क मात्र तोकिने छ,’ महर्जन ले भने ।

प्रदर्शनीमार्फत प्रत्यक्ष विदेशी लगानी भित्र्याउनु मुख्य उद्देश्य रहेको पनि उनले बताए ।

विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले मुलुकको अर्थतन्त्रमा रत्नपत्थर र गहनाको योगदान बढाउनु पनि प्रदर्शनीको उद्देश्य रहेको बताए ।

सो अवसरमा एक विशेष स्मारिका प्रकाशन गर्ने र रत्नपत्थर तथा गहनासम्बन्धी सेमिनारको आयोजना कार्यक्रम पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here