बैशाख, जेठको किस्ता तिर्ने अवधि थप, हर्जाना लिन नपाइने

काठमाडौं, १७ बैशाख । नेपाल राष्ट्र बैंकले किस्ता तिर्ने अवधि थप गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिले बैशाख र जेठ मसान्तमा तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ताको अवधि थप गरि असार मसान्तसम्म पुर्‍याएको हो ।

केन्द्रिय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै बैशाख र जेठको ऋणको किस्ता तथा ब्याजको भुक्तानी गर्नुपर्ने ऋणीले असार मसान्तसम्ममा तिर्दा थप शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

यस्तो किस्ताको हकमा कुनै पनि थप शुल्क वा हर्जाना लिन नपाइने केन्द्रिय बैंकले जनाएको छ।

केन्द्रिय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनमा २०७७ बैशाख र जेठ महिनामा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताको भुक्तानी २०७७ असार मसान्तसम्म गर्दा हुने व्यवस्था मिलाउन भनिएको छ ।

त्यसैगरी, किस्ता असुल नभएको कारणले उक्त कर्जालाई तल्लो वर्गमा वर्गिकरण गर्नु नपर्ने व्यवस्था गरेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै अर्थतन्त्रलाई तहसनहस पारेको छ। नेपालको अर्थतन्त्रमा पनि यसको प्रभाव देखिएको छ।

ऋण लिएर व्यापार, व्यवसाय, उद्योगहरु सञ्चालन गरिरहेकाहरुको पनि व्यवसाय ठप्प छ। सरकारले चैत मसान्तभित्र तिर्नुपर्ने साँवा ब्याज भुक्तानीको समय असार मसान्तसम्म बुझाए हुने भने पनि व्यापार व्यवसाय ठप्प भएकाले त्यतिबेलासम्म पनि बुझाउन सक्ने अवस्था व्यवसायीहरुको छैन।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here