सेवा क्षेत्रको वृद्धिदरमा धक्का, प्राथमिक क्षेत्रमा २.५ प्रतिशत मात्रै हुने

काठमाडौं, १७ बैशाख । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्रको वृद्धिदर २.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवमा प्राथमिक क्षेत्रको आर्थिक वृद्धिदर २.५ हुने प्रक्षेपण गरेको हो । यस क्षेत्रमा कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खनन् क्षेत्र पर्नेछन् ।

गत आर्थिक वर्षमा प्रमुख कृषि बाली धानको उत्पादन करीब ९ प्रतिशत बढेपछि यो क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत थियो । यो वर्ष धानको उत्पादन गत आर्थिक वर्षको तुलनामा १ प्रतिशत घटेको छ।

द्वितीय क्षेत्र भनिने निर्माण, उद्योग, विद्युत, ग्याँस, पानी जस्ता क्षेत्रको विस्तार ‍‍३.३६ प्रतिशतले हुनेछ । गत आर्थिक वर्षमा यो क्षेत्रको विस्तार ८.१ प्रतिशत थियो । बन्दाबन्दीका कारण अधिकांश निर्माण ठप्प भएको तथा उद्योग बन्द भएका छन्।

त्यस्तै, तृतीय अर्थात सेवा क्षेत्रको वृद्धिदर यो वर्ष १.९९ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यो क्षेत्रको वृद्धिदर ७.२९ प्रतिशत थियो । थोक तथा खुद्रा व्यापार, होटल, रेस्टुँरा, यातायात, वित्तीय मध्यस्तता, रियलइस्टेट जस्ता क्षेत्रमा कारोबार घटेकाले सेवा क्षेत्रमा गहिरो धक्का पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here