उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल

काठमाडौं, १८ बैशाख । उपत्यका भित्रिने सवारी विषाणुरहित गर्न नागढुंगामा डिस्इन्फेक्सन टनेल निर्माण गरिएको छ ।

टनेलले साना तथा ठूला सवारी साधनलाई डिस्इन्फेक्ट गर्ने छ ।

सुन्दर यातायात, चन्द्रागिरि नगरपालिका र महानगरीय प्रहरी परिसरको सहकार्यमा सो टनेल निर्माण गरिएको हो । कोरोनाभाइरसको सन्त्रास कम नभएपछि सवारीसाधनलाई विषाणुरहित गर्ने कार्यलाई गति दिइएको सुन्दर यातायातले बताएको छ ।

टनेको उद्घाटन शुक्रवार बिहान चन्द्रागिरिका मेयर घनश्याम गिरिले गर्नेछन् । अस्पताल तथा अन्य केही कार्यालयमा मानिसहरुलाई डिस्इन्फेक्ट गर्न यस्ता टनेल बने पनि सवारी साधन नै वारपार हुने टनेल भने काठमाडौंमा यो पहिलो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here