सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं, १८ बैशाख । कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल धरौटीमा रिहा हुने भएका छन् ।

बिहिबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६७ थान थर्मल गन बरामद भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here