काठमाडौं, १८ बैशाख । आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरस नसर्ने अध्ययनले देखाएको छ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट शिशुलाई कोरोना नसरेको जानकारी दिएका हुन्।
देवकोटाले कोरोनाको लक्षण देखिएका वा क्वारेन्टाइनमा रहेका आमाहरुले स्तनपान गराउँदा सचेतता भने अपनाउनुपर्नेमा जोड दिएका छन्।
अहिलेसम्म भएका अध्ययनहरुले स्तनपानबाट कोरोना भाइरस सरेको देखाएको छैन’ । ‘त्यसैले स्तनपानलाई निरन्तरता दिनु सुरक्षित नै हुन्छ प्रवक्ता देवकोटाले भने ।
‘बालबालिकाको सम्पर्कमा आउनु अगाडि वा पछाडि साबुन पानीले हात धुने गर्नुपर्छ।’
उनले आमाको अवस्था गम्भीर भएको अवस्थामा दूध निकालेर बच्चालाई सफा चम्चाले खुवाउन सकिने प्रष्ट पारे।