क्यान्सरलाई जितेकी मनिषाको एभरेष्ट बेस क्याम्प अनुभव

-जितेन्द्र खनाल

काठमाडौं, ५ वैशाख । पाठेघरमा फैलिएको क्यान्सरको कारण ६ वर्षअघि मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएकी चर्चित अभिनेत्री मनिषा कोईराला हालसालै सगरमाथा बेसक्याम्प पुगेर फर्किएकी छन् ।

झण्डै दुई दशक बलिउड चलचित्रमा राज गरेकी यी लोकप्रिय अभिनेत्री पछिल्लो समय समाजसेवामा सक्रिय छिन् ।
हालसालै सगरमाथा बेसक्याम्पको सफल यात्रा गरेकी उनले आफ्नो यात्रा अनुभव बाँडेकी छिन् ।

नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा उनी गत अप्रिल ८ तारिखमा सगरमाथा बेसक्याम्पको यात्रामा गएकी थिइन् ।

मनिषा सहित १३ जनाको टोली सगरमाथा वेसक्याम्प प्रस्थान गरेको थियो । उनीहरुले नाम्चेबजारबाट आफ्नो ट्रेकिङ यात्रा सुरु गरेका थिए ।

बेसक्याम्पबाट फर्किएपछि बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री कोईरलाले भनिन्, ‘नेपाललाई प्रकृतिले जे कुरा दिएको छ त्यो सम्झिँदा नेपालमा जन्मिएमा म आफुलाई भाग्यमानी सम्झन्छु ।’

एकपटक सगरमाथा बेसक्याम घुम्न अनुराेध

बेसक्याम्प यात्रा अविस्मरणीय भएको बताउँदै उनले सानै उमेरदेखि आफू प्रकृति र हिमाल आकर्षित भएको र अहिले झनै नजिकबाट त्यसलाई अनुभव गर्न पाँउदा धेरै खुसी लागेको बताइन् ।

क्यान्सर जस्तो प्राणघातक रोगलाई पनि जितेर नयाँ जीवन पाएको खुसीयालीमा सगरमाथा बेस क्याम्पसम्म पुगेको र यो यात्राले धेरै कुरा सिकाएको मनिषाको भनाई थियो ।

सगरमाथा बेस क्याम्प यात्राले आफूलाई असम्भव भन्नेकुरा केहि छैन र आफ्नो लक्ष्य परिवर्तन नगरी कडा मेहेनत अवश्य सफल हुन सकिन्छ भनेर सिकाएको पनि उनले बताइन् ।

‘बेस क्याम्प पुग्ने क्रममा बोटोमा धेरै मात्रामा विदेशी देखेँ तर, नेपालीहरु निकै कम गएका छन्’, नेपालीहरु आफ्नै देशको प्राकृतिक सुन्दरता हेर्न नगएको भन्दै उनले भनिन् ‘नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई प्रकृतिले नेपाल र नेपालीलाई के के दिएको रहेछ भनेर एकपटक हेर्न जान आग्रह गर्छु ।’

नेपाल र हिमाललाई विश्वसामु चिनाउने शेर्पा जातिहरुको समस्याहरुलाई ध्यान दिन पनि उनले सरकारसँग आग्रह गरिन् ।

‘शेर्पाहरु कति सोझो ईमामन्दार छन्, हाम्रो लागि यतिधेरै गरिरहेका शेर्पाहरुको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभुत आवश्यकताहरुमा सरकारले ध्यान दिनुपर्छ’ उनको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ दिपकराज जोशीले नेपालको हिमालसँग धेरै शक्ति भएका कारण धेरै स्वदेशी र विदेशीहरु पर्वतारोहणको लागि जाने गरेको बताउँदै बेसक्याम्पको सफल यात्रा गरेकोमा मनिषालाई बधाई पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here