काठमाडौंमा नेपाल चीन शैक्षिक मेला हुँदै

काठमाडौं, ६ बैशाख । नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ । यहि वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको हो ।

वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चिनियाँ विश्वविद्यालय र नेपाली कन्सलटेन्ट्सको २५ वटा स्टल रहने छ ।

सभामुख कृष्णवहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया हुने आयोजक चिनीय भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्की बताए ।

मेलामा दुबै देशमा संचालन भइरहेको शिक्षा प्रणाली, अवसर र अनुभव आदान प्रदान गर्ने थलोको रुपमा यसलाई लिन सकिन्छ,’ कार्कीले भने ।

करिव १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दुबै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ ।

मेला संचालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तरक्रिय कार्यक्रम हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here