आफन्तलाई घर फर्काउन माग गर्दै नगर प्रमुखको घरदेखि कार्यालयसम्म धर्ना

दोधारा, २२ बैशाख । भारतका विभिन्न शहरमा लकडाउनका कारण अलपत्र परेका आफन्तलाई घर फर्काउन माग गर्दै माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको घर देखी कार्यालयमा स्थानियहरुले धर्ना दिन थालेका छन् ।

अलपत्र नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले आवश्यक पहल नगरेको उनीहरुको गुनासो छ । त्यसको लागी नेपाल सरकारको मातहतमा रहेको स्थानिय सरकारले पहल गर्नु पर्ने भन्दै बिहान देखी रातीको समय सम्म नगर प्रमुखको घर देखी कार्यालय सम्म धर्ना जारी रहदै आएको छ् ।

नगर प्रमुख वीर बहादुर सुनारले भने भारतमा अलपत्र परेका नेपालीलाई ल्याउन प्रदेश सरकार र संघिय सरकारलाई आफुहरुबाट आवश्यक पहल भईरहेको बताए ।

नगरका झण्डै दश हजार बढी मानिस रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेको स्थानीयको भनाई छ ।

कोरोना भाईरस (कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपाल भारत दुवै देश विच सीमा क्षेत्रमा आवत पूर्ण बन्द गर्ने सहमती अनुरुप कडाई गरिएको छ ।

स्थानियहरुले नेपाल सरकारले भारतमा रहेका आफन्तहरुलाई चाडै सहयोग नगरे भोक भोकै मर्ने अवस्था आउने बताउदै आफुहरु निकै पिडामा रहदै आएको उनिहरुले बताएका छन् ।

भारतमा रहेका आफन्तलाई स्वदेश ल्याउनु पर्ने माग अघि सारेर माहाकाली नगरपालिकाका जनप्रतिनिधीहरुलाई घेर्ने कार्य भईरहेको छ ।

चुनावका बेला भारतमा रहेका आफन्तलाई जसरी भोट दिलाउ मगाउनुभयो, अहिले संकट पर्दा पनि त्यसै गरि ल्याउनु पर्ने व्यवस्थाको माग अघि सारेर आन्दोलनमै उत्रेका हुन् ।

यस क्षेत्रमा प्रतिनिधी सभा सदस्य दिपक भट्टलाई कता हरायको भन्दै चाँडै सार्वजनिकरुपमा देखा पर्न साथै समस्या हल गर्न उनिहरुले माग राख्दै आएका छन् ।

भारतमा रहेका नेपालीलाई खाद्यान्न बस्नको समस्या भएकाले यथासिघ्र नेपाल फर्काउनु पर्ने माग उनिहरुले अघि सारेका छन् ।

उनीहरुले भारतबाट ल्याएर नेपालमा क्वारेन्टाईनमा बस्न तयार भएको बताएका छन् । चीनमा पनि कोरोना संक्रमण हुदा सरकारले आफ्ना नागरिकलाई उद्दार गरेर ल्याएको भन्दै भारतमा रहेका नेपालीलाई किन नल्याउने भन्दै प्रश्न गरेका छन् ।

माहाकाली नगरपालिका प्रमुख बिर बहादुर सुनारले रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीका आफन्तले स्वदेश फिर्ता ल्याउनु पर्ने माग अघि सारेर आफुहरु कहाँ दैनिक आउनको संख्या बढी हुदै आएको बताए ।

नगर प्रमुख सुनारका अनुसार भारतमा रहेका आफन्तले राखेको माग नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय समेत गरेर स्थानीय प्रशासन, प्रदेश र संघीय सरकारलाई पत्राचार गरेको बताए ।

उनले फोन गरेर प्रदेश सरकार र संघिय सरकारका प्रतिनिधीहरुलाई माहाकाली नगरपालिकाका दिन दिनै आफन्तहरुलाई घर फिर्ताको माग राख्दै आएको मागको बिषयमा जानकारी तथा समस्या हल गर्न समेत अनुरोध गर्दै आएको बताएका छन् ।

‘जनताले हामी संग राखेको माग सिधै हामीले निर्णय नै गरेर प्रदेश र संघीय सरकारमा बुझाएका छौ, ‘नगर प्रमुख सुनारले भने, ‘यो विषय हाम्रो तहबाट हुदैन् । हामीले प्रदेश सरकार र संघिर सरकारलाई समस्या हलको लागी आग्रह समेत गर्दै आएका छौ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here