पब्जीमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, ६ बैशाख । सर्बोच्च अदालतले पब्जी खेलमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ ।

न्यायाधिश इश्वर खतिवडाले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा शुक्रबार अन्तरिम आदेश जारी गरेका छन् ।

पब्जी खेलले युवा तथा बालबालिकामा नकारात्मक असर परेको भन्दै अभिभावक तथा सरोकारवालाहरुले नेपाल प्रहरी र सरकारलाई यसलाई प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् ।
त्यसैको आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here