नेपालमा ६६ हजार ७७ जनाको कोरोना परीक्षण, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, २३ बैशाख । नेपालमा सोमबारसम्म कोरोनाको आशंकामा ६६ हजार ७७ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआरबाट १३ हजार ८ सय ५० जनाको र आरडिटीबाट ५२ हजार २ सय २७ जनाको परीक्षण गरिएको हो।

हाल क्वारेन्टाइनमा २१ हजार ५ सय जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। त्यस्तै, आइसोलेसनमा १ सय २० जना रहेकाको देवकोटाले जानकारी दिए।

हाल प्रदेश १ मा ३१ जनामा कोरोना भायरसको संक्रमण पुष्टि भएको छ भने प्रदेश २ मा १३ जनामा पुष्टि भएको छ। बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित रहेको देवकोटाले जानकारी दिए।

प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतिमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

क्रमितमध्ये ६१ पुरुष र २१ महिला छन्। १६ जना उपचारपछि निको भइसकेका छन् भने ६६ जना उपचारको क्रममा छन्। कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here