विस्फोटक पदार्थ पड्किँदा दोधाराका एक बालक गम्भिर घाईते

दोधारा, २४ बैशाख । माहाकाली नगरपालिका वडा नं. ६ शान्तीटोलीको पटेराघारीमा शकास्पद बस्तु खेलाउदा एक बालक घाईते भएका छन् ।

बुधबार बिहान माहाकाली नगरपालिका वडा नं. ३ निवासी अन्दाजी ९ वर्षीय महेन्द्र नेपालीले आफ्नै घरमा विष्फोटक पदार्थलाई हातले खेलाउदा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ पड्किँदाँ वालकको दुबै हात क्षतबिक्षत भएको छ । विस्फोटक पदार्थ शिकारीहरुले खेतवारीमा बदेंललाई मार्न अलपत्र थापेको बम हुनसक्ने आंकलन गरिएको छ ।

घाईते वादलकलाई उपचारको लागी धनगढी अञ्चल अस्पताल रिफर गरिएको आफन्तजनहरुले बताएका छन् ।

प्रहरीको एक टोली महेन्द्र नेपालीको घरमा पुगेर अनुसन्धान अघि बढाएको छ भने नेपाली सेनाको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here