सहकारी बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता कायम गर्ने

काठमाडौं, २४ बैशाख । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ब्याजदरमा एकरुपता गर्ने सहमती गरेका छन् ।

बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहकार्य गर्ने सम्वन्धमा बैशाख १७ गते सहमतीपत्रमा हस्ताक्षर समेत गरेका थिए ।

दुवै संस्थाबिच वित्तीय सहकारीको स्थायीत्व र दिगो संचालनकालागि सहकार्य गर्ने विषयमा सहमती भएको जनाइएको छ । दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई ब्यवस्थित र ब्यवसायीक बनाउन सहकार्य गर्ने जनाएको छ ।

सहकार्य गर्नकालागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरिएको छ ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना सरोकारवालाहरुसंग गरेको भिडियो कन्फ्ररेन्समा बोल्दै बैंकका अध्यक्ष केबि उप्रेतीले बैंक र नेफ्स्कूनका सबै देश भरिका शाखाबाट लिने दिने ब्याजमा एकरुपता हुने बताए ।

तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर सहकार्य गरिने उनको भनाई छ । तरलता ब्यबस्थापन गर्न, बचत र ऋण सहकारीमा हुने कारोबारमा एकरुपता हुने उनको भनाइ छ ।

यसले नमुना परियोजना सन्चालन गर्न पनि सजिलो हुने उनले बताए । प्रदेश स्तरीय नमुना परियोजनाका लागि प्रयास भइरहेको भन्दै उक्त परियोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने बताए ।

कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले सहकार्यले सिङ्गो सहकारी माझ खुसी छाएको बताए । प्रारभिक प्रतिवेदन बनाउने क्रममा १३ वटा बिषयमा सहकार्य हुने उनको भनाई छ । यो जोखिमपुर्ण काम भएपनि सहकारीको दिगो ब्यबस्थापनका लागि सहकार्य आवश्यक भएको उनको भनाइ छ ।

तरलता ब्यबस्थापनका लागि दुवै संस्थाले विपद् ब्यवस्थापन केन्द्रिय तरलता कोष स्थापना गर्ने जनाएका छन् । उक्त कोषमा बैंकले एक अर्ब र नेफ्स्कूनले १० करोड रुपैंया जम्मा गरेको बताए ।

कोरोनाले नेपाल सहित बिश्व नै संकटमा गुज्रिरहेको बेला सहकारीमा समस्या आउन नदिन कोष खडा गरिएको उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here