सेयरबजार दुई घण्टा खुल्ने, दुई प्रतिशतमै सर्किट ब्रेक

काठमाडौं, २६ बैशाख । लकडाउनदेखि कोरोबार बन्द भएको सेयर बजारमा मंगलबारदेखि खुल्ने भएको छ ।

सरकारले लकडाउन जेठ ५ गतेसम्म लब्म्याए पनि शर्तसहित केही खुकुलो बनाउने निर्णयसँगै मंगलबारदेखि धितोपत्र बजार खुल्ने भएको हो ।

शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न बोर्डले निर्देशन दिएको हो।

बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ।

बोर्डको निर्णय अनुसार कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशतभन्दा तल घट्दा सर्किट लाग्ने छ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बीमा, धितोपत्र, सहकारी संस्थामार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नका लागि आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारीले सेवा संचालन गर्न सक्ने निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउज घोषणा गरेसँगै चैत ११ गते अन्तिम पटक सेयर कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here