थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, २७ बैशाख । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुषहरु, पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here