थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११० पुग्यो

काठमाडौं, २७ बैशाख । उदयपुरको थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा ४३ वर्षीया महिलाको विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको स्रोतले जनाएको छ ।

शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here