१४ लाखले जिते कोरोना, २३ लाख भन्दा धेरै उपचारमा

काठमाडौं, २८ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख नाघेको छ । शनिबार ८८ हजार ९९७ जना नयाँ संक्रमित थपिएसँगै संख्या ४१ लाख ६२३ पुगेको हो ।

संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ६८३ जनाको अवस्था गम्भीर छ ।

संक्रमणबाट ज्यान गुमाउनेको संख्या आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ पुगेको छ । एकैदिन ४ हजार २४८ जनाले ज्यान गुमाएका छन्

।संक्रमितमध्ये २३ लाख ८१ हजार भन्दा धेरै उपचारको क्रममा छन्। त्यसमध्ये ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर छ।

त्यसैगरी शनिबार ब्राजिलमा ६४६, बेलायतमा ३४६, स्पेनमा १७९, इटालीमा १९४, रुसमा १०४, क्यानाडामा १२४, पेरुमा १००, मेक्सिकोमा १९९, फ्रान्समा ८०, इरानमा ४८, टर्कीमा ५० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here