आइएमएस ग्रुपका अध्यक्ष मलहोत्राले दिए नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क

काठमाडौं, २८ बैशाख । आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन ।

मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । मलहोत्राले आफ्नो कम्पनीबाट उत्पादित मास्क बिभिन्न अस्पताल, सुरक्षानिकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई निशुल्क वितरण गर्दै आईरहेका छन ।

कोरोना भाईरसको महामारीमा पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सकहरु बिरामीको उपचार गरिरहेका चिकित्सक साथीहरुलाई संघमै आएर मास्कवितरण गर्न पाएकोमा मलहोत्राले खुशी व्यक्त गरे ।

उनले भोलिका दिनमापनि चिकित्सक संघसँग सहकार्य गरेर अगाडी बढने जनाउदै अहिलेको महामारीमा संघलाई अन्य थप सहयोग पनि गर्ने प्रतिबद्दता व्यक्त गरे ।

कोरोनाभाइरस कोभिड–१९ फैलिनसक्ने त्रासकाबीच मास्क अभाव भईरहेका बेला मलहोत्राले ठूलो मात्रामा मास्कउत्पादन सुरु गरेर देशको लागी धेरै राम्रो काम र ठुलो सहयोग गर्नुभएको उक्त मास्क हस्तान्तरण कार्यक्रमम ाचिकित्सक संघका अध्यक्षडा। लोचन कार्कीले बताए ।

मलहोत्राले आफ्नो कम्पनीले दिनमा करिब ७० हजार मास्क उत्पादन गर्ने र शुरुका दिनमा उत्पादित मास्क सबै हस्पिटल लगाएतका क्षेत्रमा वितरण गरिदै आएको बताए । उनले अबको केहि दिनबाट मास्कको सर्टेज नहुने समेत दाबि गरे ।

आफूहरुले उत्पादन गरेको सर्जिकलमास्क बजारमा समेत उपलब्ध रहेको उनले बताए । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य भएको उनले बताए ।

बजारमा छ्यापछ्याप्ती मास्क उपलब्ध हुदैछ अब मास्क नपाएर आत्तिनु पर्दैन मलहोत्राले भने । उक्त मास्क न्युन मूल्यमा पाइने समेत मलहोत्राले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here