२४ घण्टामा १३ सय १६ वटा परीक्षण, नयाँ संक्रमित फेला परेनन्

काठमाडौं, २८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय १६ जनाको कोरोना भाइरसको परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार उक्त परीक्षणबाट नयाँ संक्रमित फेला परेको छैन् ।

हालसम्म पीसीआर विधिबाट १६ हजार ८९८ वटा परीक्षण गरिएका छन् भने आरडीटी ५६ हजार ५५० परीक्षण भएको छ ।

क्वारेन्टाइनमा कूल १३ हजार ६२५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १६४ जना रहेका छन् ।

हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् ।

यसमध्ये ३१ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here