सेयर कारोबार गुनासोको लागि हेल्प डेक्स, समस्या आए यो नम्बरमा फोन गर्नुहोस्

काठमाडौं, २९ बैशाख । लकडाउनदेखि कोरोबार बन्द भएको सेयर बजारमा मंगलबारदेखि खुल्दैछ ।

सरकारले लकडाउन जेठ ५ गतेसम्म लब्म्याए पनि शर्तसहित केही खुकुलो बनाउने निर्णयसँगै मंगलबारदेखि धितोपत्र बजार खुल्ने भएको हो ।

डेढ महिनादेखि बन्द रहेको सेयर बजार मंगलबारदेखि दुई घण्टा (बिहान ११ बजेदेखि १ बजेसम्म) कारोबार संचालन हुनेछ ।

जसले गर्दा धितोपत्रको दोश्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासोहरु समाधानका लागि नेप्सले हेल्प डेक्स स्थापना गरेको छ ।

यससँगै, लगानीकर्ताले कारोबार गर्दा कुनै समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न सक्ने नेप्सेका सहायक प्रवक्ता आकृति दंगालले जानकारी दिएकी छिन् ।

लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ।

बोर्डको निर्णय अनुसार कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशतभन्दा तल घट्दा सर्किट लाग्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here