डीईपीसी महासंघसँग काम गर्न इच्छुक

काठमाडौं, ७ बैशाख । डच रोजगारदाता सहयोग कार्यक्रम (डीईपीसी)ले नेपाल उद्योग वाणिज्य महासंघस सहकार्य गर्ने इक्षा देखाएको छ ।

डीईपीसीका देशीय व्यवस्थापक आन्द्रे मुरेले महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालसँगको भेटमा यस्तो इक्षा व्यक्त गरेका हुन् ।

डीईपीसीले नेपाली रोजगारदाता संस्थाका गतिविधिमा सहयोग गर्दै आएको छ । मुरेले रोजगारदातालाई वार्ता, लबी तथा पैरवीको सीप बढाउने खालका तालीम आयोजना गर्न सघाउने बताए र प्रदेशको संरचनाअनुसार प्रदेश उद्योग वाणिज्य महासंघको क्षमता विकासमा पनि चासो व्यक्त गरे ।

त्यसै गरी, दक्षिण एशियाली रोजगारदाता फोरम (एसएएफई) को बैठक आगामी वर्ष नेपालमा हुने भएकाले सो बैठक आयोजना गर्नमा पनि डीइसीपीले सहयोग गर्ने उनले बताए ।

सो अवसरमा ढकालले नेपालको विद्यमान वस्तुस्थिति र श्रम सम्बन्ध लगायत विषयमा उल्लेख गर्दै महासंघ डीइसीपीसँग काम गर्न तत्पर रहेको बताए । उनले डीइसीपीबाट महासंघका गतिविधि अघि बढाउन मद्दत पुग्ने कार्यक्रम उपलव्ध गराउन समेत अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here