दैनिक दुईघण्टा सेयर बजार खुल्दै, दुई प्रतिशतमै सर्किट ब्रेक

काठमाडौं, ३० बैशाख । लकडाउन सुरुभएको भएको ५० औँ दिनपछि मंगलबारदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ ।

विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको सेयर बजारमा दुई प्रतिशतमै सर्किट ब्रेक लाग्नेछ ।

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बिहान ११ बजेदेखि १ बजेसम्म कारोबार संचालन गर्न निर्देशन दिएको छ ।

बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले दुई प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ।

बोर्डको निर्णय अनुसार कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशतभन्दा माथिले बजार बढ्दा र दुई प्रतिशतभन्दा तल घट्दा सर्किट लाग्ने छ।

सेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको छ ।

कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।

गत चैत १० गतेदेखि बन्द रहेको सेयर बजार सुचारु गर्नका निम्ति नेपाल सरकारको निर्णय बमोजिम कुल कर्मचारीको एक तिहाई कर्मचारीहरु आलोपालो उपस्थित भई कार्यालय सञ्चालन गर्न लागिएको हो ।

बोर्डमा गत शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ देखि १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here