सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द, २५ अंक घट्यो नेप्से

काठमाडौं ३०, वैशाख । मंगलबार सेयर बजार करिब १ः२० मिनेटमै बन्द भएको छ । सो अवधिमा नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो । सो दिन नेप्से परिसूचक २५.३० अंकले घटेको छ । यो सँगै नेप्से परिसूचक १ हजार २ सय २६. ३० विन्दुमा ओर्लेको छ । उक्त दिन १० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

चैत ११ मा सरकारले लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार मंगलबार देखि खुलेको हो । नेपाल धितोपत्र बोर्डले साविकको दैनिक कारोबार समय घटाएर २ घण्टा बनाएको छ । यस्तै, सर्किट ब्रेकरको व्यवस्था पनि परिमार्जन गरी दैनिक २ प्रतिशत मात्र बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here