डेढ महिनापछि खुलेको सेयर बजारमा १० करोड ४३ लाखको कारोबार

काठमाडौं, ३० बैशाख । लकडाउन सुरु भएदेखि बन्द भएको सेयर बजार खुलेको १ घण्टा २३ मिनेटमै बन्द भएको छ ।

नेप्सेले सर्किट सीमा र कारोबार समय घटाएर खोलेको बजारमा १० करोड ४३ लाख रुपैयाँको कारोबार हुँदै बन्द भएको हो ।

नेप्सेले सर्किट सीमा २ प्रतिशत र कारोबार समय २ घण्टा कायम गरेर बजार खोलेको थियो । सेयर सूचक २.० प्रतिशतले घटेपछि बन्द गरिएको हो । ।

बजारमा ८७ कम्पनीका १ लाख ६ हजार कित्ता सेयर किनबेच भए । कारोबार खुलेदेखि नै नेप्से घट्दो क्रममा थियो । बजार २५ अंकले घट्दा १२ सय २६ अंकमा ओर्लिएको छ।

सबै उपसूचकहरु घटेका छन्। बैंकिङ, बीमा सूचक सबैभन्दा धेरै घटेको छ। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here