काठमाडौं, ३१ बैशाख । एक महिना अघिसम्म सत्तारुढ नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए।
चाँगुनारायण नगरपालिकाका स्रोतको अनुसार उनि रावलको घरमा सुरक्षामा खटिएका थिए । घरमा श्रीमती बिरामी परेपछि जानकारी गराएर छुट्टीमा गएका थिए ।
उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएको बुझिएको छ।
ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । नेता रावलको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिँदै आएका छन्।