व्यवस्थित बन्दै अनलाइन कारोबार, २७ हजारले लिए ‘युजरनेम’ र ‘पासवर्ड’

काठमाडौं, ३१ बैशाख । सेयर अनलाइन कारोबार व्यवस्थित बन्दै गएको छ । लकडाउनको अवधिमा अनलाइन कारोबारमा व्यवसायी अकर्षण देखिएको छ ।

कोरोनाको त्रासले बन्दभएको ५० औ दिनमा खुलेको सेयरबजारमा पहिलो दिनमै ५ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका छन् ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का अनुसार सो दिनसम्म अनलाइन कारोबार गर्नका लागि २७ हजार एक सय एक लगानीकर्ताले युजरनेम तथा पासवर्ड लिएका छन् ।

मंगलबार सेयर बजार करिब १ः२० मिनेटमै बन्द भएको थियो । उक्त दिन कूल एक हजार ६ सय ७१ जना लगानीकर्ताले सेयर कारोबार गरेका थिए ।

करिब एक घण्टा आधा कारोबार भएको बजारमा कूल १० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको एक लाख ६ हजार ४ सय १२ कित्ता सेयर किनबेच भएको थियो ।

सो अवधिमा २ सय ९२ कारोबारबाट ८७ कम्पनीको उक्त मात्राका सेयर कारोबार भएको हो ।

चैत ११ मा सरकारले लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार मंगलबार देखि खुलेको हो ।

नेपाल धितोपत्र बोर्डले साविकको दैनिक कारोबार समय घटाएर २ घण्टा बनाएको छ । यस्तै, सर्किट ब्रेकरको व्यवस्था पनि परिमार्जन गरी दैनिक २ प्रतिशत मात्र बनाइएको छ ।

सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द, २५ अंक घट्यो नेप्से

डेढ महिनापछि खुलेको सेयर बजारमा १० करोड ४३ लाखको कारोबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here