४० मिनेटमै नेप्सेमा लाग्यो सर्किट, सेयर कारोबार बन्द

काठमाडौं, ३१ बैशाख । सेयर बजार दोस्रो दिन बुधबारपनि नेगेटिभ सर्किट लागेर बन्द भएको छ ।

मंगलबार सेयर बजार करिब १ः२० मिनेटमै बन्द भएको सेयर बुधबार ४० मिनेटमै कारोबार बन्द भएको छ । सो अवधिमा नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो । सो दिन नेप्से परिसूचक २४.५८ अंकले घटेको छ ।

यो सँगै नेप्से परिसूचक १ हजार २ सय १. ५७ विन्दुमा ओर्लेको छ । उक्त दिन ७४ कम्पनीको १० हजार ५२६ कित्ता सेयर किनबेच हुँदा ३६ लाख १३ हजार ५२३ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

चैत ११ मा सरकारले लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार मंगलबार देखि खुलेको हो । नेपाल धितोपत्र बोर्डले साविकको दैनिक कारोबार समय घटाएर २ घण्टा बनाएको छ । यस्तै, सर्किट ब्रेकरको व्यवस्था पनि परिमार्जन गरी दैनिक २ प्रतिशत मात्र बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here