चितवनकी ६३ वर्षीया कोरोना संक्रमित महिला डिस्चार्ज

काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना मुक्त हुनेको संख्या ३४ पुगेको छ ।

चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३४ जना पुगेको हो ।

कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिए अस्पतालले जनाएको छ ।

अस्पतालमा राप्ती नगरपालिका–८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए।

दुवैका अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताइको छ। उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको हो।

दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए। हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here