काठमाडौं, ३१ बैशाख । नेपालमा बुधबार थप एक जनामा कोरोना संक्रमणको पृष्टि भएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालाको परीक्षणमा बाँकेका एक पुरुषका कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित बाँके जिल्ला नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।