धितोपत्र बोर्डले बैशाख ३१ सम्म जारी गरेको सबै सवारी पास रद्द

काठमाडौं, १ जेठ । नेपाल धितोपत्र बोर्डले बैशाख ३१ सम्म जारी गरेको सबै सवारी पास रद्द गरेको छ ।

सेयर कारोबारका गतिविधि पुनः ठप्प भएसँगै बोर्डले बैशाख ३१ गतेसम्म विभिन्न संस्थालाई दिएको सवारी पास रद्द गरेको हो ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार यसअघि नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायीलगायत संस्थालाई पास दिइएको थियो । अब ती कुनै पनि सवारी पासको आधारमा सवारी साधन चलाउन पाइनेछैन ।

अतिआवश्यक सेवा संचालन हुने संस्थाका लागि भने बोर्डले जेठ १ गतेदखि नयाँ पास जारी गर्ने र त्यो सवारी पास मात्र मान्य हुने व्यवस्था गरिदिन समेत बोर्डले प्रहरीलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here