भारतमा कोरोना संक्रमितको संख्या ८१ हजार नाघ्यो

काठमाडौं, २ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८१ हजार नाघेको छ । एकै दिन त्यहाँ झण्डै चार हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

बिहीबार भारतमा कोरोना संक्रमणको कारण ९८ जनाले ज्यान गुमाएका छन्। तीन हजार नौ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ।

अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन्। भारतमा ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन्।

कोरोना संक्रमण बढ्दै गएपछि विगत दुई महिनादेखि भारत लकडाउनमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here