थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ । नेपालमा थप ३ जनामा कोरना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुष छन् । संक्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीकै निगरानीमा रहेका पनि मन्त्रालयले जनाएको छ ।

थप ३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७६ पुगेको छ । अहिलेसम्म ३६ जना निको भएर अस्पतालबाट घर फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here