दशगजामा ८४ जना नेपाली त्रिपालमुनी, खानेबस्ने ब्यवस्था माहाकाली नगरपालिकाको

दोधारा, ३ जेठ । भारतको बिभिन्न स्थानबाट भारतिय सुरक्षाकर्मीबाट कुटिदै पिडिदै आएका नेपालीलाई सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाका दशगजा क्षेत्रमा सुरक्षित राखेको छ ।

उनिहरुलाई माहाकाली नगरपालिका वडा नंं ३ र वडा नं. १ मा नेपाल–भारत सिमा क्षेत्रको दशगजा क्षेत्रमा टेन्ट लगाएर बसाल्दै आएका छन् ।

भारतको बिभिन्न स्थानबाट भारतिय सुरक्षाकर्मीको आँखा छलेर जंगल, नदी हुदै माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा उनिहरु पुगेका थिए ।

नेपाल सरकारको निर्णय अनुसार सिमा क्षेत्रमा आवात जावत गर्न नपाईने र आवात जावत गर्दा कोरोना संक्रमण बढ्ने भन्दै उनिहरुलाई सिमा क्षेत्रको दशगजा क्षेत्रमा रोकेर खान र बस्नको ब्यवस्था गरेको हो ।

स्थानियहरु र माहाकाली नगरपालिकाले उनिहरुलाई खान, बस्न र अतिआवश्यक बस्तु दिदै आएको छ् । उनिहरुको स्वास्थ्य परिक्षण संगै पिसिआर जाचको लागी थ्रोट स्वाब संकलन समेत गरेको छ् ।

माहाकाली नगरपालिकाको वडा नं. ३ र १ मा गरि जम्मा ८४ जना बिभिन्न जिल्लाका नेपालीहरुलाई नेपाल सरकारको निर्णय नआउञ्जेल सम्म दशगजा क्षेत्रमा आश्रय स्थल बनाएर उनिहरुलाई आधारभुत आवश्यकताको ब्यवस्था स्थानिय र माहाकाली नगरपालिकाले गर्दै आएको छ् ।

बिहान माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दशगजा क्षेत्रमा रहेको आश्रय स्थल र त्यहा बस्दै आएका नेपालीको अवस्था बुझ्ने पुगेका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार लकडाउनले भोकै प्यासै घर फर्केका नेपाली दाजस भाईहरुलाई खान र बस्नको राम्रो ब्यवस्था गर्न निर्देशन दिएका छ् ।

भारतका विभिन्न स्थानबाट घर फर्किएका नेपाली जंगलको बाटो भएर नेपाल–भारत माहाकाली नगरपालिका नजिक दशगजा क्षेत्रमैै राखिएको हो ।

उनीहरुलाई स्थानिय र माहाकाली नगरपालिकाले दैनिक खानपिनको व्यवस्थापन गरिरहेको छ । भारतबाट नेपाल फर्किनेको क्रम अझै रोकिएको छैन ।

भारतमा रोजगारी गुमेपछि उनीहरु पैदल यत्रा तय गरेर नेपाल तर्फ आईरहेका छन् । कतिपय सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाईनमा राखिएका छन् ।

भने कतिपय लुकिछिपी नेपाल प्रवेस गरिरहेका छन् । तर, नेपाल प्रवेस गर्न खोज्नेहरुलाई भने सीमा क्षेत्रमै रोकेर राखिएको छ ।

भारतमा दैनिक खान लाउन र भारतीय सरकारले गासबासको उचित प्रबन्ध नगरेपछि जोखिम मोलेर घर फर्किएको उनीहरुले बताएका छन् । भारतबाट धमाधम नेपालीलाई प्रवेश गर्न थालेपछि नेपालमा जोखिम बढेको छ् ।

उचित व्यवस्थापनका साथ भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्याउनुपर्ने माग राख्दै माहाकाली नगरपालिकामा प्रदर्शन हुदै आएको छ । लुकेर चोरीछिपी आउदा संक्रमण बढ्ने भएकाले वैधानिक नाका भएर नेपाली प्रवेश गराए क्वारेन्टाईनमा राख्नु पर्ने भारतमा रहेका आफन्तको माग रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here