काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘सिल’ गरेपछि… (फोटोफिचर)

काठमाडौं, ३ जेठ । काठमाडौं भित्रने मुख्यनाका चन्द्रगिरि नगरपालिका सिल गरिएको छ । कोरोना संक्रमण बढेको भन्दै शनिबार दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिएको हो।

सिलगरेसँगै अत्यावश्यक कामले हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न पाईने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा काठमाडौं उपत्यका भित्रने सडक समेत पर्छ । चन्द्रागिरी नगरपालिकाको यो निर्णयले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका थानकोटबाट हुने आवागमन पनि प्रभावित हुने भएको छ।

मालबाहक गाडीलाई सडकमा गुड्न दिए पनि रोक्न र सामान ओसारपसार गर्न रोक लगाएको जनाइएको छ । गत वैशाख ३० गते चन्द्रगिरिमा बसोबास गर्ने ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

ती युवती चन्द्रागिरि– ९ निवासी थिइन् । त्यस्तै जेठ एकमा पनि चन्द्रागिरिमै बसोबास गर्ने ३२ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको थियो ।

जेठ एकमै काठमाडौंको दहचोक बस्ने ७ वर्षीय बालकमा समेत कोरोना संक्रमित भएको पाइएको छ । त्यस्तै, बिहीबार धादिङ स्थायी घर भएकी महिला पनि वैशाख २७ गते काठमाडौंको सतुंगलमै रहेकी छन् । उपत्यकामा देखिएको सबै संक्रमित उपत्यका बाहिरबाट आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here