श्रीलंकामा आतंकवादी आक्रमण, १०० भन्दा बढीको मृत्यु

काठमाडौं, ८ वैशाख । श्रीलंकाका होटल र चर्चमा भएका श्रृंखलाबद्ध बम आक्रमणमा परि कम्तिमा १०० जनाको मृत्यु भएको छ भने २०० भन्दा धेरै घाइते भएका छन् ।

विष्फाेट स्थानीय समय अनुसार बिहान ८ः४५ मा भएकाे बताइएकाे छ । घाइतेहरुको कोलम्बोका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

‘इस्टर सन्डे’ पर्वको लागि प्रार्थना गर्न चर्च गएका किश्च्रियन धर्मावलम्बीहरुलाई लक्षित गरी शक्तिशाली आक्रमण भएको हो । ६ ठाँउमा विष्फोट भएको बताइएको छ ।

कोचिकाडे, नेगोम्बो र बाट्टी कालोआमा रहेका तीन चर्चहरु र कोलोम्बोका तीन होटलहरु सांग्रिला, सिनामोन ग्रान्ड र किंग्सबरी होटलमा विष्फोट गराइएको हो ।

श्रीलंकाली मिडियाहरुका अनुसार विष्फोटमा विदेशी पर्यटकहरुको पनि हताहती भएको हुनसक्ने अनुमान गरिएको छ ।

विष्फोटपछि श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले घटनाको छानविन सुरु गरिएको र सर्वसाधारण नागरिकहरुलाई धैर्य रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री रनिल विक्रमसिंघेले मन्त्रीपरिषदको आपतकालिन बैठक बोलाएका छन् ।

एजेन्सीकाे सहयाेगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here