मृत्यु भएको महिलामा कोरोना भाइरस पुष्टि भएको छैन, थप अध्ययन हुँदै- स्वास्थ्य मन्त्रालय

काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणका विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जानकारी दिएको छ।

सिन्धुपाल्चोककी एक महिलाको धुलिखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए ।

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here