नेपालमा कोरोनाबाट एक युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

वैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका थिए । गएराति स्वास्थ्यमा समस्या आएका उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

बाँकेको नरैनापुरका विभिन्न क्वारेन्टाइनमा बसेका दुई सय ६३ जनाको स्वाब शनिबार संकलन गरिएको थियो । मृतकका आफन्तले समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको बताएका छन् ।

कोरोनाकै कारण नरैनापुरमा युवकको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्दा मृतकको संख्या दुई पुगेको छ। ३६ जना भने निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here