भारतमा एक वर्षमा १२ अर्ब एप्स डाउनलोड, बन्यो विश्वकै दोस्रो डिजिटल अर्थतन्त्र 

काठमाडौं, ८ बैशाख । भारत सूचनाप्रविधिको क्षेत्रमा तीब्र बजार हिस्सा ओगट्ने मुलुकको दोस्रो स्थानमा पुगेको छ । म्याकिन्से ग्लोबल इन्स्टिच्युटद्धारा गरिएको एक अध्ययन प्रतिवेदनअनुसार भारत तिब्र गतिमा डिजिटल विजनेशतर्फ अग्रसर छ ।

अध्ययन अनुसार सन् २०१८ मा भारतमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५६ करोड पुगेको छ । चीनमा मात्र यो भन्दा धेरै इन्टरनेट प्रयोगकर्ता छन् ।

मोवाइल प्रयोगकर्ता भारतीयले हरेक महिना औसत ८.३ जीवी मोवाइल डाटा प्रयोग गर्छन् । जहाँकी चीनमा औसतः मोवाइल डाटा प्रयोग मासिक ५.५ जीबी रहेको छ । दक्षिण कोरिणमा ८ देखि ८.५ जीबीसम्म डाटा प्रयोग हुने अध्ययनले देखाएको छ ।

भारतमा १ अर्ब २० करोड मोवाइल फोन प्रयोगमा थिए । सन् २०१८ मा मात्र भारतीयहरुले १२ अर्ब भन्दा बढी एप्स डाउन्लोड गरेका थिए । यो तथ्यांकका बावजुद भारतमा अझै ६० प्रतिशत जनताको पँहुचमा इन्टरनेट छैन । यसको मतलव भारतमा प्रविधिमा आधारित व्यवसायको ठूलो सम्भावना रहेको छ ।

भारतमा डिजिटल दूनियाँका माध्यमबाट मात्र सन् २०२५ सम्म ६ करोड देखि ६ करोड ५० लाखसम्म रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ । अर्थतन्त्रका अन्य क्षेत्रहरु शिक्षा, कृषि, ऊर्जा, वित्तीय सेवा, स्वास्थ्य, सरकारी सेवाको विकासमा पनि डिजिटल सहयोगी माध्यम बन्दै गएको छ । यसले अन्य क्षेत्रको इकोनोमिक मूल्यलाई पनि वृद्धि गर्ने प्रतिवेदनले औल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here