दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको उपविजेता बनेका छन्।

अमेरिकन आइडलको १८ औं संकरणको उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् ।

उपाधी जस्ट सामको पोल्टामा पुगेको छ । फाइनलमा दिएको प्रस्तुतिका आधरमा दुई घण्टामा प्राप्त भोटका आधारमा विजेता चयन गरिएको थियो । यसमा भने दिवेशको भन्दा सामको धेरै भोट आयो ।

फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्। उपाधिको दावेदारका रुपमा हेरिएको दिवेशले टप टुमा पुगेर उपाधि जित्न भने सकेनन्।

पोखरेल अमेरिकन आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन्। सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्।

उनी ६ वर्षअघि अमेरिका आएका हुन्। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

2 COMMENTS

  1. […] नेपालका दिवेश पोखरेल जसलाई अमेरिकी आइडलको स्टेजमा आर्थर गन नामले चिनिन्छ, उनै दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलको अडिसनमा भाग लिएपछि नेपालको साथसाथै सम्पुर्ण विश्वकै ध्यान आफूतिर केन्द्रित पारे । […]

  2. […] नेपालका दिवेश पोखरेल जसलाई अमेरिकी आइडलको स्टेजमा आर्थर गन नामले चिनिन्छन्, उनै दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलको अडिसनमा भाग लिएपछि नेपालको साथसाथै सम्पुर्ण विश्वकै ध्यान आफूतिर केन्द्रित पारे । […]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here